• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    सर्वोच्चको झट्कापछि ट्रम्पले घोषणा गरे नयाँ १० प्रतिशत भन्सार कर

    224
    SHARES



    वासिङ्टन डीसी । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी आयात कर सम्बन्धी नीति खारेज गरेलगत्तै ट्रम्पले १० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्।

    न्यायाधीशहरूले गत वर्ष ह्वाइट हाउसले घोषणा गरेका अधिकांश विश्वव्यापी भन्सार करलाई गैरकानूनी घोषित गरेपछि ट्रम्पले नयाँ भन्सार कर अघि सारेका हुन् ।

    ह्वाइट हाउसबाट प्रतिक्रिया दिँदै ट्रम्पले सर्वोच्च अदालतको आदेशलाई भयानक र आफ्नो व्यापार नीति अस्वीकार गर्ने न्यायाधीशहरूलाई मूर्खको संज्ञा दिएका छन्।

    गत वर्ष ट्रम्पले मेक्सिको, क्यानडा र चीन लगायत विश्वका धेरै देशहरूबाट आउने सामानमा कर बढाएपछि यसको व्यापक विरोध भएको थियो। अहिलेको नयाँ १० प्रतिशत करले विश्व व्यापारमा पुनः अनिश्चितता थपेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ