• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काठमाडौंमा अनेरास्ववियुले जलायो बालेनको पुत्ला

    695
    SHARES



    काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाको विरोध जनाउँदै काठमाडौंमा मसाल जुलुस निकालेको छ । मसाल जुलुसमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्लासमेत जलाइएको छ ।

    अनेरास्ववियुले आरआर क्याम्पसबाट मसाल जुलुस निकालेको हो । संगठनले यसलाई लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा प्रत्यक्ष आघात पुर्‍याएको भन्दै झन्डा जलाएकोप्रति आपत्ति जनाएको हो ।

    एमालेले आफ्नो पार्टीको झन्डा जलाएको आरोप रास्वपाको नेता कार्यकर्तालाई लगाएको छ । साथै घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग राखेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ