• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन पक्राउ

    394
    SHARES



    काठमाडौं । बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन विन्डरसर पक्राउ परेका छन् । सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा एन्ड्रयूलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

    एन्ड्रयु बेलायतका राजा चार्ल्सका भाइ भएपनि उनले ‘राजकुमार’को उपाधि भने गत वर्ष नै गुमाइसकेका छन् । यसर्थ उनी पूर्व राजकुमार मात्रै हुन् । राजकुमार उपाधि गुमाइसकेपछि उनले रोयल लज, प्यालेस अफ विन्डसर पनि छोड्नुपरेको थियो ।

    थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफरी एपस्टीनसँग गोप्य जानकारी सेयर गरेको आरोपमा एन्ड्रयुलाई पक्राउ गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । एन्ड्रयुले भने आफूले कुनैपनि गलत काम नगरेको बताउँदै आएका छन् ।

    एन्ड्रयू कहाँबाट पक्राउ परे भन्ने विषय प्रहरीले हालसम्म खुलाएको छैन । तर बिहीबार बिहान नोरफोकको स्यान्ड्रिंघममा केही नयाँ सवारी साधन देखिएका थिए । विन्डसर प्यालेस छाडेपछि उनी स्यान्ड्रिंघममै बस्दै आएका थिए ।

    बेलायतमा पूर्व राजकुमार पक्राउ परेको यो पहिलो घटना हो । उनीमाथि यौन अपराधी जेफरी एपस्टीनसँग सम्बन्ध राखेको आरोप लगाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ