• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कांग्रेस केन्द्रीय समिति बैठकले गर्‍यो प्रतिज्ञापत्र सर्वसम्मत अनुमोदन

    243
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार गरेको प्रतिज्ञापत्र अनुमोदन गरेको छ ।

    बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक सभापति मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    प्रतिज्ञापत्र आजै जनकपुरको तिरहुतियामा आयोजना हुने पहिलो चुनावी सभामा सभापति गगन थापाले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम दिउँसो २ बजे सुरु हुने कांग्रेस मधेस प्रदेश समितिले जानकारी दिएको छ ।

    कांग्रेसले यसपटक भिजन १० को अवधारणामा घोषणापत्र ल्याउने यसअघि नै सार्वजनिक गरिसकेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ