काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीले गिरफ्तार गरेको छ। मंगलबार उनलाई सुन्धाराबाट गिरफ्तार गरेको बहुमतका एक नेताले सञ्चारकेन्द्रलिई बताए ।
बास्तोलासँगै बहुमत पार्टीको काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना पनि गिरफ्तार परेको ति नेताले बताए । यता उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बहुमतका २ नेता गिरफ्तार परेको बताए ।
नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेनको निर्वाचनको विरोध गर्दै आएको छ । मंगलबार नेकपा (बहुमत)ले नेपाल बन्दकाे घाेषणा गरेकाे थियो।
प्रतिक्रिया