• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सेवा सुविधा थोरै भएको भन्दै हुम्लामा निर्वाचन प्रहरी आन्दोलित, घेरे जिल्ला प्रशासन कार्यालय

    317
    SHARES



    हुम्ला । सेवा–सुविधा थोरै भएको भन्दै हुम्लामा खटिएका निर्वाचन प्रहरीहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन्। उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर आफ्नो माग राख्दै आन्दोलनमा उत्रिएका हुन्।

    प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवा–सुविधाको विषय उठाएर नाराबाजी गरिरहेको जानकारी दिँदै त्यसबारे बुझ्ने काम भइरहेको बताए। ‘म निर्वाचन आचारसंहितासम्बन्धी छलफलका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएको छु,’ उनले भने, ‘निर्वाचन प्रहरीहरूको असन्तुष्टिबारे पनि बुझ्ने काम भइरहेको छ।’

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ। निर्वाचन प्रहरीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमान सरह प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको लागि कुल ३४ हजार ७७६ रुपैयाँ पाउने व्यवस्था छ।

    साथै, मतदानको दिनअघि र पछिका चार दिनका लागि प्रतिव्यक्ति प्रतिदिन ३०० रुपैयाँका दरले एकमुष्ट १ हजार २०० रुपैयाँ खाजा खर्च उपलब्ध गराइने छ।

    हिमाली क्षेत्रका म्यादी प्रहरीहरूले पहाडी र तराई क्षेत्रको तुलनामा केही बढी सुविधा पाउने व्यवस्था छ। यसअनुसार हिमाली क्षेत्रमा प्रतिएक निर्वाचन प्रहरीका लागि ११ हजार ५७० रुपैयाँ खर्च हुने, पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ पर्ने बताइएको छ।

    तर, सुरुमा भनिएको भन्दा कम तलब दिन लागिएको भन्ने सूचना पाएपछि हुम्लाका निर्वाचन प्रहरीहरू असन्तुष्ट बनेर आन्दोलनमा उत्रिएको जनाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ