• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    टी-२० विश्वकपमा नेपालको आज अन्तिम खेल, प्रतिष्ठाका लागि स्कटल्याण्डसँग भिड्दै

    347
    SHARES



    काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले आज अन्तिम खेल खेल्दै छ। समूह ‘सी’ मा रहेको नेपालले मंगलबार चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग प्रतिष्ठाका लागि खेल्न लागेको हो।

    भारतको मुम्बईस्थित वानखेडे रंगशालामा मंगलबार बेलुकी सवा ७ बजे नेपाल र स्कटल्याण्ड भिड्नेछन्। अघिल्लो तीन वटै खेलमा नेपाल पराजित भएको थियो।

    पहिलो खेलमा इंग्ल्याण्डविरूद्ध उत्कृष्ट खेलेको नेपाल त्यतिबेला ४ रनले पराजित भएको थियो। त्यसपछिका खेलहरूमा नेपालले लय गुमाउन पुगेको थियो। इटालीसँग १० विकेट र त्यसपछि वेस्ट इण्डिजसँग ९ विकेटले नेपाल पराजित भएको थियो।

    आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ। नेपालको समूहबाट स्कटल्याण्ड र इटाली पनि बाहिरिसकेको छ। इंग्ल्याण्ड र वेस्ट इण्डिजले सुपर ८ मा स्थान बनाइसकेका छन्।

    खेलअघि नेपाल क्रिकेट टोलीका कन्सल्टेन्ट प्रशिक्षक निक पोथासले स्कटल्याण्ड विरूद्धको खेलमा खेलाडीहरूले गल्ती नदोहोर्‍याएको हेर्न चाहेको बताएका थिए।

    ‘स्कटल्यान्डविरुद्धको खेलमा खेलाडीहरूले राम्रो प्रतिस्पर्धा गरेको र एउटै गल्ती पटक-पटक नदोहोऱ्याएको हेर्न चाहन्छौँ। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ उनले सोमबार पत्रकार सम्मेलनमा भने।

    उनले स्कटल्याण्ड विरूद्ध अझै सोचबिचार गरेर खेल्न आग्रह पनि गरे। ‘हाम्रो टोली धेरै ऊर्जावान र समर्थकहरूको ठूलो साथ छ। त्यसैले हामी ती समर्थकहरूका लागि यो विश्वकपमा एउटा सुखद सम्झना छोड्न चाहन्छौं,’ उनले भने।

    नेपाली टोलीले एकरूपको प्रदर्शन गर्नुपर्नेमा पनि कन्सल्टेन्ट प्रशिक्षक पोथासको भनाइ थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ