• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु, १७ गतेसम्म एक वडा एक स्वयंसेवक परिचालन गरिने

    279
    SHARES



    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार निर्वाचन आयोगले स्वीकृत गरेको विशेष कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

    आम मतदातालाई मतदानको अधिकार, यसको महत्व र सही मतदान प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको आयोगले जनाएको छ। कार्यक्रमअन्तर्गत आजदेखि फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा मतदाता शिक्षा गतिविधि सञ्चालन हुनेछ।

    प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूले मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको प्रयोगमार्फत निर्वाचनको महत्व र मतदान प्रक्रिया स्पष्ट पार्नेछन्।

    आयोगका अनुसार प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता वृद्धि गर्नुका साथै बदर मतको संख्या घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    यस कार्यक्रमलाई सफल बनाउन सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचन प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार माध्यमलगायत सम्पूर्ण सरोकारवालासँग सहयोग, समन्वय र सहजीकरणको आग्रह गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ