• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    माघ मसान्तसम्म ६ खर्ब ६५ अर्ब राजस्व संकलन, आयकर र गैर करमा गिरावट

    209
    SHARES



    काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिना अर्थात साउनदेखि माघ महिनासम्म ६ खर्ब ६५ अर्ब २ करोड ४९ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांकअनुसार यो संकलन गत वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो।

    विभागगत रूपमा हेर्दा भन्सार विभागले गत वर्षको तुलनामा ८.०४ प्रतिशत बढी राजस्व संकलन गरेको छ। भन्सार विभागमार्फत २ खर्ब ७८ अर्ब ४२ करोड ८१ लाख रूपैयाँ संकलन भएको छ।

    यस्तै, आन्तरिक राजस्व विभागले ३ खर्ब २० अर्ब ८८ करोड ६५ लाख रूपैयाँ संकलन गरेको छ, जुन गत वर्षको तुलनामा ४.२१ प्रतिशतको वृद्धि हो। मुख्य कर शीर्षकहरूमध्ये अन्तःशुल्क संकलनमा सबैभन्दा उत्साहजनक १०.८८ प्रतिशतको वृद्धि देखिएको छ।

    माघ २९ सम्म १ खर्ब ५ अर्ब ४३ करोड ६० लाख रूपैयाँ अन्तःशुल्क संकलन भएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) पनि ७.५८ प्रतिशतले बढेर १ खर्ब ९६ अर्ब ४४ करोड १७ लाख रूपैयाँ पुगेको छ। राजस्वका अन्य क्षेत्रमा सुधार देखिए पनि आयकर र गैर कर राजस्व संकलनमा भने गिरावट आएको छ।

    आयकर गत वर्षको तुलनामा ०.८१ प्रतिशतले घटेर १ खर्ब ५८ अर्ब ६६ करोड ६५ लाख रूपैयाँमा खुम्चिएको छ। सबैभन्दा ठूलो गिरावट गैर कर राजस्वमा देखिएको छ, जुन गत वर्षको तुलनामा १४.८९ प्रतिशतले घटेर ६५ अर्ब ७१ करोड ३ लाख रूपैयाँ मात्र संकलन भएको छ।

    सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रूपैयाँ कुल राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा माघ २९ सम्मको संकलन वार्षिक लक्ष्यको ४४.९३ प्रतिशत रहेको छ। माघ महिनाको मासिक लक्ष्यको तुलनामा भने ८५.५५ प्रतिशत मात्रै प्राप्ती भएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ