• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    निर्वाचनको तयारी र हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

    195
    SHARES



    काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखम्बु पुगेकी छन् ।

    प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली आज बिहान सोलुखुम्बु पुगेको हो ।

    हेलिकप्टरबाट सुरुमा नाम्चे पुगेको प्रधानमन्त्री कार्कीसहितको टोली अहिले सदरमुकाम सल्लेरी पुगेको छ । प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका जिल्ला प्रमुखहरुले स्वागत गर्दै जिल्लाको अवस्थाबारे जानकारी गराएका छन् ।

    प्रेस सल्लाहकार रावलका अनुसार अहिलेसम्मको अवस्था हेर्दा फागुन २१ गतेको निर्वाचन गराउन समस्या नहुने ब्रिफिङ जिल्लाका अधिकारीहरुले गरेका छन् ।

    सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेका अनुसार सोलुखुम्बु जिल्लामा १२३ मतदान स्थल छन् । यदि हिउँ परिहालेमा सातवटा मतदान स्थल प्रभावित हुनेछन् । ती सातमध्ये चार वटा मतदान स्थल नाम्चेभन्दा माथि पर्दछन् ।

    अहिलेसम्म ती मतदान स्थल सामान्य अवस्थामा छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रावलका अनुसार आज र भोलि पूर्वी क्षेत्रका हिमाली जिल्लाको अवस्था बुझेर पश्चिम जाने योजना छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ