• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अख्तियारसहित १० जनालाई ज्यान मार्ने धम्की दिने व्यक्तिविरुद्ध ६ मुद्दा, तीन दिन म्याद थप

    373
    SHARES



    काठमाडौं । आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष बताइ आफ्नो इमेल आइडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित १० जनालाई ज्यान मार्नेसम्मको धम्की दिने व्यक्तिमाथि आज ६ वटा मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले यसरी धम्की दिने काभ्रेपलान्चोक, तेमाल गाउँपालिका– १ घर भई हाल फिलिपिन्स बस्दै आएका वर्ष ३४ का प्रकाश पाठक रहेका र उनलाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याइएको जानकारी दिए ।

    उनका अनुसार उनलाई फिलिपिन्सबाट आजै काठमाडौँ ल्याइ काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको पनि भट्टराईले बताए।

    उनीविरुद्ध केही सार्वजनिक अपराध, ठगीसम्बन्धी कसूर, आपराधिक लाभ लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुनेलगायतका कसूरमा ६ वटा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।

    उनले सन् २०२५ अक्टोबर २२ मा आफूले प्रयोग गर्ने इमेल आइडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्तलगायत अन्य १० जना उपर ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।

    त्यसपछि प्रहरीले खोजीको सूचीमा राखेको थियो । प्रहरीको इन्टरपोलमार्फत फिलिपिन्सको इन्टरपोलसँग समन्वय गरी उनलाई नेपाल झिकाइएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ