• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

    368
    SHARES



    काठमाडौँ । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले जितका लागि १८५ रनको लक्ष्य पाएको छ ।

    वानखडे क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो । इङ्ल्यान्डका लागि जेकब वेथेल र कप्तान हेरी बेकरले अर्धशतकीय पारी खेले ।

    ३५ बल खेलेका जेकबले ४ चौका र ४ छक्काको सहयोगमा ५५ रन बनाए । त्यस्तै ३२ बल खेलेका हेरीले ४ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । इङ्ल्यान्डका लागि विल ज्याकले ३९ रन बनाए ।

    बलिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई दुई विकेट लिए । त्यस्तै शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

    आजको खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ । यता दुई पटकको विश्व विजेता ङ्ल्यान्ड पनि यो पटक जितबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ