काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
शुक्रबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले सुनुवाइ गर्दै विशेष अदालतले थुनामै पठाउने गरी गरेको आदेशलाई नै सदर गरेको हो।
भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मंसिर २१ गते अधिकारीलाई थुनामा पठाउने आदेश गरेको थियो।
उक्त आदेशविरूद्ध अधिकारीले बुधबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए। त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले ‘कानुन बमोजिम गर्नू’ भनेर आदेश गरेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले महानिर्देशक अधिकारीसहित ६ जना र एउटा कम्पनीविरूद्ध मंसिर १७ गते मुद्दा दायर गरेको थियो।
उनीहरूविरूद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो कायम गरेको थियो।
प्रतिक्रिया