बैतडी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
जिल्लाको पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले ६ जनाकाे मृत्यु भएकाे बताए ।
‘दुर्घटना भएको जानकारी पाएपछि पुर्चाैडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ, अहिलेसम्म ६ जनाको मृत्यु भएको खबर आएको छ । स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन्, १५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ’ डीएसपी रायले भने ।
बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । अहिले उद्धारको काम चलिरहेको छ । दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।
प्रतिक्रिया