काठमाडौँ । सिंहदरबार आगजनी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै अन्तर्वार्ता दिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतम हुन्।
‘सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं,’ उनले बोलेको भिडिओमा देखिन्छ।
उनीमाथि आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।
प्रतिक्रिया