काभ्रेपलाञ्चोक । अरनिको राजमार्गको पाँचखाल नगरपालिका–४ लामिडाँडामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
बुधबार दिउँसो धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा.प्र.०२–०३० प ८०१३ नम्बरको मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४३ नम्बरको बस एकआपसमा ठोक्किएको थियो ।
दुर्घटनामा परेर सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ निवासी अन्दाजी २६ वर्षीय सुसिल आले मगरको मृत्यु भएको प्रहरी चौकी पाँचखालका प्रमुख प्रशान्त तामाङले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक मगर गम्भीर घाइते भएका थिए । टाउकोमा गहिरो चोट लागेका उनलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बस चालक सिन्धुपालचोकको बलेफी गाउँपालिका–५ निवासी ५३ वर्षीय नानिबाबु ठकुरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको नियन्त्रणमा राखिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया