• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    सेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम

    522
    SHARES



    काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ ।

    सुरुमा बढेर २७०६ अंकसम्म पुगेको नेप्से त्यसपछि उतारचढाव सहित अन्त्यमा १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो ।

    आइतबारको तुलनामा नेप्सेमा कारोबार रकम अझै घटेको छ । आइतबार ९ अर्बभन्दा बढी रहेको कारोबार रकम सोमबार घटेर ८ अर्ब २२ करोडमा सीमित भयो ।

    सोमबार नेप्सेमा कारोबार भएका १ सय १४ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ३४ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै हेरफेर भएन ।

    समूहगत परिसूचकमध्ये होटल र पर्यटन १.७७ प्रतिशत बढेको छ भने विकास बैंक ०.७७ प्रतिशतले उकालो लागेको छ । त्यस्तै फाइनान्स उपसूचक ०.८९ प्रतिशतले ओरालो लाग्दा जीवनबीमा भने ०.३५ प्रतिशतले घटेको छ ।

    एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयर १० प्रतिशतले बढ्यो भने मिथिला लघुवित्त वित्तिय संस्थाको मूल्य १० प्रतिशतले घटेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ