• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    अस्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्वीपः अन्तिम खेलमा १११ रनको विशाल जित

    584
    SHARES



    काठमाडौं । पाकिस्तानले टी–२० शृङ्खलामा अस्ट्रेलियाविरुद्ध क्लिन स्वीप गरेको छ । अन्तिम खेलमा १११ रनको विशाल अन्तरको जित निकाल्दै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गरेको हो ।

    अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रनको योगफल बनाएको थियो ।

    पाकिस्तानका लागि सइम अयुबले ५६ रन बनाउँदा बाबर आजमले अविजित ५० रन बनाए । अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका शादाब खानले ४६ रन थपे । उनले १९ बलको सामना गर्दा पाँच छक्का बनाउँदै आक्रामक ब्याटिङ गरेका थिए ।

    २०८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २३ र क्यामरन ग्रीनले २२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । अस्ट्रेलियालाई सस्तैमा समेट्न पाकिस्तानका मोहम्मद नवाजले ५ विकेट लिए ।

    उनले मात्र १८ रन खर्चिएका थिए । शाहीन शाह अफ्रिदीले दुई विकेट लिए । पाकिस्तानले पहिलो खेलमा २२ र दोस्रोमा ९० रनले जितेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ