• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    चुनावमा मतदाता र उम्मेद्वारको सुरक्षा गर्न वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना

    664
    SHARES



    काठमाडौं । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना ब्युँताएको छ । वाईसीएल नेपालको भर्चुअल माध्ययमबाट बसेको केन्द्रीय समिति बैठकले आफ्नो अर्धसैन्य संरचना ब्युँताउने निर्णय गरेको हो ।

    देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेद्वारको सुरक्षा गर्न स्पेशल टास्क फोर्स (एसटीएफ) क्याम्पिङ गरेर राखिने अध्यक्ष पुष्प ‌ओलीले बताए।

    अन्तरपार्टी युवा, विद्यार्थी र जेनजी युवा संयोजन गर्न संयन्त्रको निर्माण गर्ने तथा सबै प्रदेशहरूमा एकतामा आएका युवा संगठनका नेता सम्मिलित कमान्ड सेन्टर निर्माण गर्ने निर्णय भएको अध्यक्ष ‌ओलीले जानकारी दिए ।

    एक बुथ सय युथ सबै बुथ केन्द्रमा खटाइने, सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने, सम्बन्धित मतदान क्षेत्रका युवा सम्बन्धित क्षेत्रमा नै खटाउने तयारी वाईसीएलको छ।

    बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र फ्याक्सन इन्चार्ज दीपशिखाले चुनावलाई सफल बनाउनका लागि विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ