• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ‘सुरक्षा थ्रेट’ भन्दै सुदन गुरुङले मागे ‘पीएसओ’, के भन्छन् प्रमुख जिल्ला अधिकारी ?

    1.9K
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका सुदन गुरुङले सुरक्षा थ्रेट भएको भन्दै सुरक्षाकर्मी मागेका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् ।

    गुरुङ निर्वाचनको लागि घरदैलो कार्यक्रममा रहेको जानकारी गराउँदै रास्वपाको जिल्ला समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र लेख्दै पीएसओसहित आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न आग्रह गरेको हो ।

    ‘विभिन्न गोप्य सूचना अनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनु हुन अनुरोध गर्दछु,’रास्वपा जिल्ला समिति सचिव मिलन रानाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

    यता गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ भने कुनै थ्रेट नरहेको दाबी गर्छन् । रास्वपाले दाबी गरेजस्तो सुरक्षा चुनौती आफ्नो संयन्त्रबाट जानकारीमा नआएको र निवेदनसँगै सर्च गर्न थालिएको उनले सुनाए ।

    ‘उहाँहरूको सुरक्षा गर्ने जिम्मा सरकारको हो । हामीले सुरक्षाको पूर्ण व्यवस्था मिलाएका छौँ,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘बाहिर हल्ला आएजस्तो थ्रेट छैन ।’

    प्रशासनले उम्मेदवारलाई आवश्यक पर्दा पीएसओ लगायतको सुरक्षा प्रबन्ध मिलाउने उनले बताए । केही दिनअघि आफ्नै गाउँ चुमनुब्रीबाट चुनावी प्रचार थालेका गुरुङ गाउँमा मान्छे नभेटेपछि फर्किने क्रममा छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ