• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत

    360
    SHARES



    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    आगामी आइतबार (माघ १८) गते पौडेल जापान भ्रमणमा जाँदैछन् । माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा पाैडेल सहभागी हुनेछन् ।

    नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेका हुन् । नेपाल र जापानबिच सन् १९५६ सेप्टेम्बर १ (वि.सं.२०१३ भदौ १७) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ