• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    शुल्क शोषण र शैक्षिक दलालविरुद्ध अखिल (क्रान्तिकारी) आन्दोलनमा, निकाल्यो मसाल जुलुस

    613
    SHARES



    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयभित्र बढ्दो शुल्क शोषण र शैक्षिक दलालीविरुद्ध अखिल (क्रान्तिकारी) ले तेस्रो चरणको आन्दोलन अन्तर्गत मसाल जुलुस निकालेको छ।

    अखिल (क्रान्तिकारी) का नेता–कार्यकर्ताहरूले त्रिभुवन विश्वविद्यालयको कुलपतिको कार्यालय अगाडि मसाल जुलुस निकाल्दै विश्वविद्यालय प्रशासन र सरकारविरुद्ध नाराबाजी गरेका हुन्। उनीहरूले शिक्षा क्षेत्रमा व्यापारीकरण बढ्दै गएको, विद्यार्थीमाथि आर्थिक बोझ थोपर्ने नीति लादिएको र विश्वविद्यालय प्रशासन दलालहरूको प्रभावमा परेको आरोप लगाएका छन्।

    जुलुस कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम बोगटीले सहभागी विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयले मनपरी रूपमा शुल्क वृद्धि गरेको, शैक्षिक गुणस्तर सुधार नगरी विद्यार्थीलाई मात्र शोषण गरिएको तथा दलाल समूहको संरक्षणमा शैक्षिक प्रणाली ध्वस्त पारिएको दाबी गरे।

    उनले शुल्क शोषण तत्काल फिर्ता लिन, शैक्षिक दलालमाथि कारबाही गर्न र सार्वजनिक शिक्षालाई सर्वसुलभ बनाउने स्पष्ट नीति ल्याउन माग गरेका छन्। साथै माग सम्बोधन नभए आन्दोलनलाई थप कडा बनाइने समेत बोगटीको चेतावनी छ।

    केन्द्रीय विभागमा स्नातकोत्तर तहको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका विभागहरूको शुल्क समायोजन गर्नुपर्ने माग राख्दै  अखिल (क्रान्तिकारी) त्रिवि जिल्ला समितिले विगतदेखि नै आन्दोलन गर्दै आएको छ।

    आन्दोलनकै क्रममा २०८२ भदौ १० गते त्रिभुवन विश्वविद्यालय प्रशासन, अनुदान निर्देशालय र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको थियो। सहमतिअनुसार विभागीय शुल्कलाई हाल कायम शुल्कबाट घटाई रु १ लाख १० हजार कायम गर्ने, त्रिवि नियमअनुसार छात्रवृत्ति कार्यान्वयन गर्ने, सम्बन्धित विभागमा भौतिक पूर्वाधार र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने बुँदामा सहमति जुटेको थियो।

    तर सहमति भएको लामो समय बितिसक्दा पनि ती मागहरू कार्यान्वयन नभएकाले बाध्य भएर तेस्रो चरणको आन्दोलनमा जानुपरेको केन्द्रीय सदस्य बोगटीले सञ्चारकेन्द्रलाई बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ