• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सामूहिक रूपमा १५ जना नेताहरूले छाडे उज्यालो नेपाल पार्टी

    1.1K
    SHARES



    काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का १५ संस्थापक नेताहरूले हाल उक्त पार्टीमा नरहेको बताएका छन्।डा. विशाल भण्डारी, निर्देश सिलवाल, डा. अभिषेकराज सिंह, सञ्जीव भट्टराईसहित १५ जनाले सामूहिक रूपमा पार्टीमा नरहेको बताएका हुन्।

    ‘हामी उज्यालो नेपालका सदस्यहरू उज्यालो नेपाल पार्टीबाट अलग भएको घोषणा गर्दछौं। हामी तत्काल विचार, मूल्य र नागरिक सरोकारका आधारमा क्रियाशील रहनेछौं। यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं,’ उनले भनेका छन्।

    यसरी अलग भएको बताउने केन्द्रीय नेतामा सुजन श्रेष्ठ, कुशुम घिमिरे, डा घनश्याम पाण्डे, क्षितिज भण्डारी, डा सागर ढकाल, नेत्र कार्की, विशाल गैरे, सरला लामिछाने, मीनराज आचार्य, रजिया बानु, देवेन्द्र श्रेष्ठ पनि छन्।

    यसरी अलग हुनेमा केही विवेकशील साझा पृष्ठभूमि भएका पनि छन्। उनीहरूले सामूहिक रूपमा विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएका हुन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ