• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कोटेश्वरबाट नक्कली हतियारसहित दुई जना पक्राउ

    530
    SHARES



    काठमाडौं । काठमाडौंको कोटेश्वरबाट नक्कली हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट दुई जनालाई नक्कली हतियारसहित पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई पक्राउ गरेको हो।

    उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो देखिने दुई वटा डमी हतियार, खुकुरी जस्तो फलामले बनेको वटा हतियार र एउटा मोटरसाइकल बरामद गरेको छ।

    सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दा बागमती प्रदेश ०२-०१२ प ५८५२ नम्बरको मोटरसाइकल किरणको खुलेको थियो। उनलाई नियन्त्रणमा लिएपछि काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित सांस्कृति नृत्य कला केन्द्रमा नक्कली हतियार लुकाएर राखेको खुलेको हो।घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ