• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    राष्ट्रिय सभा निर्वाचन : देशैभरि मतदान सुरू

    540
    SHARES



    काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत देशैभरि मतदान सुरू भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि तय भएको मतदान देशैभरिका केन्द्रहरूमा सुरू भएको हो।

    फागुन २० गतेदेखि रिक्त हुन् १८ पदमध्ये १७ पदमा निर्वाचन हुँदैछ। कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलकुमार थापा निर्विरोध निर्वाचित भइसकेका छन्। आज हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

    राष्ट्रिय सभाको सदस्यको पदावधि ६ वर्षको हुन्छ। प्रत्येक दुई वर्षमा एक तिहाइ पदका लागि निर्वाचन हुने संवैधानिक प्रावधान छ। ५९ सदस्यीय सभामा आउँदो फागुन २० गते १९ जनाको पद रिक्त हुँदैछ। जसमध्ये १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्। बाँकी १८ चुनावमार्फत् छानिने हो।

    राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मत खसाल्ने व्यवस्था छ। प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतको भार १९ छ।

    एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा सबैभन्दा धेरै मतभार प्राप्त गर्ने व्यक्ति निर्वाचित हुनेछन्।

    राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच तालमेल भएको छ। नेपाली कांग्रेसले ९, नेकपा एमालेले ८ र लोकतान्त्रिक समाजवादी पार्टीले १ सिटमा उम्मेदवारी दिएका छन्।

    नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकल उम्मेदवारी दिएको छ। त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टीले मधेस प्रदेशमा दुई पदमा उम्मेदवारी दर्ता गराएकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको एकतापछि निष्क्रिय गराएको थियो। त्यहाँ लोसपा नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाएको छ।

    यस्तै नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेशमा, राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन्।

    कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हा ।

    त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ