• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एमालेको ओखलढुंगा कमिटी नै नेकपामा प्रवेश

    1.7K
    SHARES



    काठमाडौँ । नेकपा (एमाले)को ओखलढुंगा जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ।

    शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा एक समारोह आयोजना गरी नेकपाले एमाले ओखलढुंगाको जिल्ला कमिटीका ३८ जनालाई स्वागत गरेको हो।

    ओखलढुंगा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कट्वाल सहित ३८ जना नेकपमा समाहित भएका हुन्। उनीहरूले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजीनामा गरेको घोषणा गरेका थिए।

    प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाको सिफारिस विपरीत अध्यक्ष ओलीले आफ्ना निकटताको आधारमा अस्मिता थापालाई उम्मेदवार बनाएका थिए।

    जिल्ला कमिटीबाट अम्बिरबाबु गुरूङ, यज्ञराज सुनुवारसहित पाँच जनाको नाम सिफारिस भए पनि सिफारिस गरिएका नामलाई बेवास्ता गर्दै अस्मिता थापालाई उम्मेदवार बनाउने स्वेच्छाचारी निर्णय गरेको उनीहरूको आरोप छ।

    उम्मेदवारी छनोटमा असन्तुष्टि जनाएका अम्बिरबाबु गुरूङले पार्टी परित्याग गरेका थिए। नेकपाले उनलाई उम्मेदवार बनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ