• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, ३ घाइते

    319
    SHARES



    बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

    धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर बिहीबार बिहान करिब साढे ९ बजेको समयमा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परेर दार्चुलाको महाकाली नगरपालिका–५ गल्फैका अन्दाजी २१ वर्षका चालक करन बुढामगरको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

    ट्याक्टरमा सवार अन्य तीन जना घाइते भएका छन् । कैलालीको टिकापुर नगरपालिका–७ का अन्दाजी ४० वर्षीय सुरज घर्तीमगर र उनका छोरा अन्दाजी १८ वर्षीय सिद्धार्थ घर्तीमगर र टिकापुर –६ का अमित विक घाइते भएका उनले बताए ।

    घाइते तीनै जनालाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये सुरजको अवस्था गम्भीर रहेको छ । अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ