• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    फागुन २१ को निर्वाचन केन्द्रित केन्द्रीय सुरक्षा समिति बैठक, के-के भयो छलफल ?

    390
    SHARES



    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बुधबार गृह मन्त्रालयमा सम्पन्न भएको छ।

    बैठकमा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित सुरक्षा रणनीतिबारे विस्तृत छलफल गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठकमा गृह तथा रक्षा मन्त्रालयका सचिवहरू, चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार बैठकमा यसअघि स्वीकृत भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ बमोजिम सम्बन्धित निकायहरूले गरिरहेका कार्य, जनशक्ति परिचालन र सुरक्षा बन्दोबस्ती योजनाको समीक्षा गरिएको छ।

    निर्वाचन प्रचार–प्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने र निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा पनि बैठकले छलफल गरेको छ। सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरिएको पाइएमा कडाइका साथ कारबाही गर्ने निर्णय गरिएको छ।

    चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूले निर्वाचन सुरक्षा तयारी, विद्यमान सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे बैठकमा ब्रिफिङ गरेका थिए।

    बैठकमा सबै सुरक्षा निकायबीच समन्वयलाई सुदृढ बनाउने विषयमा छलफल भएको जनाउँदै गृह मन्त्रालयका ती अधिकृतले भने, ‘सबै सुरक्षा निकायले समन्वयमा काम गर्ने विषयमा स्पष्ट निर्णय गरिएको छ।’

    बैठकले निर्वाचन कार्यक्रमसँग सम्बन्धित समन्वयका लागि गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने र राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचार–प्रसार कार्यक्रममा सुरक्षा व्यवस्था भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ