• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    देउवाले खोसेको टिकट गगनबाट लिएर पुनः चुनावी मैदानमा उत्रिए मीनेन्द्र रिजाल

    1.1K
    SHARES



    विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डाक्टर मीनेन्द्र रिजाल मोरङ-२ बाट पुनः चुनावी मैदानमा उत्रिएका छन् । आगामी निर्वाचनका लागि कांग्रेसका तर्फबाट उनले मोरङ– २ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

    पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र समीकरणमा आएको फेरबदलमा रिजालले टिकट हात पारे । २०७९ सालको निर्वाचनमा सभापति शेरबहादुर देउवाले उनलाई टिकट दिएका थिएनन् । त्यसबेला सुजाता कोइरालालाई उम्मेदवार बनाएका थिए ।

    तर, तत्कालीन निर्वाचनमा कोइराला नेकपा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भइन् । यसपटक सुजाता दाबेदार नै नहुँदा डा. शेखर कोइराला समूहमा रहेका रिजालले अन्तिम समयमा टिकट पाए । उनी संविधानसभा सदस्य पनि हुन् ।

    नेपाली कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सञ्चालन गर्दा रिजाल विपक्षमा थिए । शेखर कोइरालाको समूहमा रहेका उनी देउवा समूहबाट गगन–विश्वसँगको छलफलमा सहभागी भएका थिए ।

    रिजालले सोमबार साझसम्म टिकट पाउने सम्भावना न्यून थियो । तर, शेखर कोइरालाको जोडबलमा उनले टिकट पाएर मनोनयन दर्ता गरेका छन् । क्षेत्र नम्बर २ मा रिजालसँग नेकपा एमालेबाट दीलिप बगडीया, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रवीर राई, रास्वपाबाट कृष्णकुमार कार्कीसहित १७ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

    क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस कोइराला समूहका डाक्टर सुनिल शर्माले टिकट पाएका छन् । उनी विशेष महाधिवेशन पक्षधर हुन् ।

    नेकपा एमालेबाट इरान राई, नेपाली कम्युनिस्ट पार्टीबाट डाक्टर देवेन्द्र सम्बाहाम्फे र रास्वपाबाट गणेश कार्की उम्मेदवार बनेका छन् । यो क्षेत्रमा ७ जना स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर ३ मा १ लाख ५८ हजार ५७ जना मतदाता छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ