• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रवि लामिछानेले चितवन–२ मा वारेसमार्फत् दिए उम्मेदवारी

    498
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चितवन–२ मा वारेसमार्फत् उम्मेदवारी दिएका छन्। पर्सा, काठमाडौं र रूपन्देही जिल्ला अदालतमा सुनुवाइ चलिरहेकाले आफूले वारेसमार्फत् उम्मेदवारी दिनुपरेको उनले बताएका छन्। पर्सा अदालतले लामिछानेसँग एक करोड धरौटी माग गरेको छ। अन्य दुइटा अदालतमा सुनुवाइ चलिरहेको छ।

    ‘देश निर्वाचनमय छ। देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ। तर बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन। किनकि आजै देशका तीनवटा (पर्सा, काठमाडौं र रूपन्देही) अदालतमा मेरो मुद्दाको सुनुवाई चलिरहेको छ। अरू अदालतको आदेश आउँदै होला। पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु। चितवन–२ मा मेरा शुभचिन्तक बाटो कुरिरहेका छन्, भ्याएसम्म मनोनयनका लागि आफै उपस्थित हुने प्रयासमा छु। नसकेको खण्डमा वारेसमार्फत मनोनयन दर्ता हुनेछ,’ उनले भनेका छन्।

    उनले आफूमाथि गरेको पाप र अत्याचारको हिसाबकिताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिने बताएका छन्।

    ‘देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर ममाथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ। नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू। सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू। मलाई जिउँदो छोडेर तिमीहरूले एउटा गुण लगाएका छौं। म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु,बिना प्रतिशोध तिर्छु। फेरि पनि भन्छु म अभिमन्यु होइन,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ