• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    म जेल जानु परे पनि चिन्ता छैन, अब बालेनले देश बनाउँछ : रवि लामिछाने

    1.2K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब चिन्ता नभएको बताएका छन् । देशले बालेन पाएकाले आफू जेल गए पनि फरक नपर्ने उनको भनाइ छ । सोमबार जनकपुरधाममा आयोजित रास्वपाको जनसभालाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् ।

    ‘बच्चालाई टाउको र छातीमा गोली ठोकेर हेलिकोप्टमार भागेको सरकारले मलाई मुद्दैमुद्दा लगाएको छ । म जेल जान पनि सक्छु,’ उनले भने, ‘तर मलाई अब चिन्ता छैन । किनभने, हामीसँग बालेन छ । यो देश बनाउन बालेन आएको छ । बालेनले हामीमाथि भएका सबै अन्यायको हिसाव लिनेछ ।’

    बालेनसँगको भेटमा पाँच मिनेटभित्रै आफूहरू सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको बताए । ‘बालेनसँग भेट भएको पाँच मिनेटै थाहा थियो हामी सँगै हिँड्न सक्छौं । वार्ता ५ मिनेटमै सकिएको हो, बाँकी समय त एकअर्कालाई चिन्नमा खर्च गरेका थियौं,’ उनले भने, ‘मलाई त्यही दिन विश्वास भएको थियो बालेनले देश बनाउँछ ।’

    बालेनसँगको पहिलो भेटपछि घर पुगेर आफ्नी स्वर्गीय आमाको फोटोसँग कुरा गर्दै आफूले अब देश बालेनले बनाउँछ भन्ने विश्वास व्यक्त गरेको उनले सुनाए ।

    ‘बालेनसँगको पहिलो भेटपछि घर गएर मैले मेरी स्वर्गीय आमाको फोटोसँग कुरा गरेँ । मेरी श्रीमती साक्षी थिइन् । मैले भने, ‘आमा अब देश बालेनले बनाएँछ । हाम्रा सपना बालेनले पूरा गर्छ,’ लामिछानेले भने, ‘मलाई बालेनसँगको पहिलो भेटमै यो विश्वास पैदा भएको थियो ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ