पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी परित्याग गरेका छन् । पार्टीको नेतृत्वले टिकट वितरणमा मनपरी गरेको भन्दै उनले सोमबार पार्टी छोडेका हुन् ।
राप्रपाले काठमाडौँ–५ मा कमल थापालाई टिकट दिने निर्णय गरेको छ । उक्त क्षेत्रमा हिक्मत प्रबल दाबेदार थिए । थापालाई टिकट दिएको विषयप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छोड्ने निर्णय गरेका हुन् ।
राप्रपाको केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका उनले पार्टीभित्रको पछिल्लो गतिविधिका कारण आफूलाई बस्न असम्भव भएको बताएका छन् ।
प्रतिक्रिया