• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेकपा छोडेका रहबर अन्सारीले भने : मधेशमा विकासको विगुल फुक्न रास्वपामा आएँ

    554
    SHARES



    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी छाडेर रास्वपा प्रवेश गरेका नेता रहबर अन्सारीले मधेशमा विकासको विगुल फुक्ने बताएका छन् ।

    सोमबार जनकपुरमा आयोजित रास्वपाको सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यसअघिका नेतृत्वले धेरै भाषण गरेर मधेशको सपना जमिनमुनि गाडेको उल्लेख गर्दै ती सपनाहरूलाई ज्वालामुखीझैं विकासको विगुल फुकिने बताए ।

    ‘हिजो धेरै भाषण गरिए, तर मधेशी जनताको सपना यही जमिनमुनि गाडिएको छ । त्यो सपना यहाँको इमानदार नेतृत्व र निष्ठाले हामी सबैको प्रयासले यी गाडिएका सपना निकालेर ज्वालामुखीझैं मधेशबाट यो देशको विकासको विगुल फुकिनेछ भनेर म पनि रास्वपामा आएको छु,’ अन्सारीले भने । साथै, उनले रास्वपा सभापति रवि लामिछानेको त्याग र वरिष्ठ नेता बालेन शाहको क्षमताको उद्घोष मधेशले गरेको बताए ।

    ‘रास्वपा शान्तिले चिनिन्छ, निलो रङले चिनिन्छ । आज यो मधेशी भूमिमा मधेशको छोरा यो देशको नेतृत्वको केन्द्रमा देख्नका लागि रास्वपाले बनाएको मधेशको छोरा प्रधानमन्त्रीको रुपमा मधेशले देख्न चाहन्छ,’ उनले भने, ‘रवि लामिछानेको त्याग र बालेनको क्षमताको उद्घोष मधेशले गरिरहेको छ । मधेशले दुख चिनेको छ । मधेशले संघर्ष चिनेको छ । मधेशले संघर्ष गरेको छ । मधेशले परिवर्तनको शक्ति बुझेको छ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ