• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जेनजी आन्दोलनपछि पहिलो पटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

    384
    SHARES



    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् ।

    ओली जेनजी आन्दोलनपछि लागू भएको यात्रा प्रतिवन्ध फुकुवा भएसँगै पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुगेका छन् । सोमबार बिहान भद्रपुर विमानस्थलमा ओर्लिएलगत्तै स्थानीय नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा उनको स्वागत भएको थियो ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन र कार्यकर्तालाई निर्देशन दिन ओली झापा गएका हुन् । एमालेले यसअघि नै उनलाई सोही क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिसकेको छ ।

    ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ । बालेन पनि आजै झापा जाँदैछन् । जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने रास्वपाले जनाएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ