• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रलोपा कैलालीको सिफारिसमा जनयुद्धका डाक्टरदेखि युवा व्यवसायीसम्म

    567
    SHARES



    धनगढी । प्रगतिशील लोकतान्त्रिक पार्टीले कैलालीबाट आगामी निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

    पुस २८ गते जिल्ला पार्टीले कैलाली निर्वाचन क्षेत्र नं. १, २, ३ र ५ बाट आगामी फागुन २१ ग्ते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारको नाम केन्द्रमा पठाएको हो ।

    जिल्ला प्रमुख लक्षिराम चौधरी र इन्चार्ज विमला सिंहले कैलाली निर्वाचन क्षेत्र नं. १ बाट डा. जनकराज शाह र राजेन्द्र शाहीलाई सिफारिस गरेको छ ।

    त्यस्तै, २ नम्बरबाट भगत बडुवाल र डम्बर रावल, ३ नम्बरबाट लक्षिराम र ५ नम्बर धर्मसिंह प्रपालालाई सिफारिस गरेका छन् । निर्वाचन क्षेत्र नं. ४ बाट कसलाई सिफारिस गर्नेबारे छलफल भइरहेको प्रलोपा कैलालीले जानकारी दिएको छ ।

    सिफारिस भएका व्यक्तिहरु सबै अब्बल भएको प्रलोपाको दाबी छ । डा. शाह अर्थशास्त्री हुन् भने रावल जनयुद्धका डाक्टर हुन् । त्यस्तै, बडुवाल पूर्वजमुक्ति सेनाका कमाण्डर हुन् भने शाही युवा व्यवसायी हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ