• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

    757
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाने बताए ।

    देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । कानुनी पाटोको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।

    खड्का अहिले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफलमा छन् । स्रोतका अनुसार त्यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिइरहेको छ ।

    गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । सभापति गगन थापा चुनिएका छन् ।

    देउवा पक्षले भने नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने भन्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ