• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन कांग्रेस केन्द्रीय समिति बैठकको अपिल

    360
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ ।

    शनिबार काठमाडौंमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतीहरू सामना गर्न सकिने भन्दै एकता र सद्भाव कायम राख्दै अघि बढ्न देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको प्रवक्ता प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    बैठकले निवर्तमान सभापति शेर बहादुर देउवाले पार्टीलाई पुराएको योगदान र दिएको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको उनले बताए ।

    उनले आगामी दिनमा पनि पार्टीमा निवर्तमान सभापति देउवा लगायत अग्रज नेताहरूको अभिभावकत्व रहिरहने बैठकको विश्वास रहेको प्रवक्ता चालिसेले बताए ।

    उनले अव पार्टी सम्पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित हुने भन्दै टिकट वितरणका लागि संसदीय बोर्डमार्फत काम अघि बढाउने उल्लेख गरे । चालिसेले पार्टीको विधान र संविधान अनुसार नै पार्टीले आधिकारिता प्राप्त गरेकाले भिन्न मत राख्न जरुरी नरहेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ