• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    मस्कको एआई कम्पनीमाथि उनकै छोराकी आमाले हालिन् मुद्दा

    393
    SHARES



    वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कका एक सन्तानकी आमाले उनको कृत्रिम बौद्धिकता कम्पनीमाथि मुद्दा हालकी छिन् ।

    एक्सएआई कम्पनीको एआई च्याटबोट ग्रोकले आफ्नो अश्लील डिपफेक तस्बिर बनाएको भन्दै एश्ले सेन्ट क्लेयरले न्यूयोर्कमा मुद्दा दायर गरेकी हुन् । ग्रोकले आफ्नो सहमति बिना यौनजन्य डीपफेक तस्बिरहरू बनाएको उनको आरोप छ ।

    ग्रोकले वास्तविक व्यक्तिहरूलाई डिजिटल रूपमा नाङ्गो बनाउने, अपमानित गर्ने र यौन शोषण गर्ने कार्य गरेको मुद्दामा उल्लेख छ । आफूले सहमति नदिएको सार्वजनिक रूपमा जानकारी गराउँदा समेत ग्रोकले आफ्ना यौनजन्य र अपमानजनक तस्बिरहरू बनाउन नरोकेको क्लेयरको भनाइ छ ।

    बुधबार एक्सएआईले ग्रोकलाई वास्तविक व्यक्तिको अश्लील फोटो बनाउन नसिकने बनाएपछि क्लेयरको मुद्दाको खबर आएको हो । मुद्दामा १४ वर्षको उमेरमा खिचिएका आफ्ना पुराना तस्बिरमा आफूले लगाइरहेको कपडा हटाएर ग्रोकले तस्बिर बनाएको आरोप पनि समावेश छ ।

    क्लेयरले मानसिक पीडा र गोपनीयता हनन भएको भन्दै क्षतिपूर्ति र जूरी ट्रायलको माग गरेकी छिन् । यस खबरप्रति एक्सएआईले तत्कालै कुनै प्रतिक्रिया दिएको छैन । बुधबार एलन मस्कले भने ग्रोकले नाबालकको नग्न तस्बिर बनाएको कुरा आफूलाई जानकारी नभएको दाबी गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ