• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    निर्वाचन आयोगमा कांग्रेस देउवा र गगन पक्ष आमनेसामने

    512
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसको दुई पक्ष निर्वाचन आयोगअगाडि आमनेसामने भएका छन् । पार्टीको आधिकारिकतालाई लिएर दुई पक्ष नाराबाजीमा उत्रिएको हो ।

    गगन थापा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू दिउँसोदेखि नै आयोग परिसरमा धर्नामा बसिरहेका थिए भने शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू केहीबेरअघि मात्रै निर्वाचन आयोग परिसर पुगेर धर्ना दिएका हुन् ।

    देउवा नेतृत्वको कांग्रेसको तर्फबाट तरुण दल अध्यक्ष विद्वान गुरुङसहित युवाहरू निर्वाचन कार्यालयअगाडि धर्ना दिँदै नाराबाजी गरिरहेका छन् ।

    थापा नेतृत्वको कांग्रेस हालै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिता दिन माग गर्दै आयोग पुगेको छ भने देउवा नेतृत्वको कांग्रेस पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आफूहरू नै आधिकारिक कांग्रेस भएको बताउँदै पुगेको छ ।

    दुवैले विवरण अध्यावधिक गर्न आयोगसमक्ष निवेदन पनि दिएका छन् । आजैमात्र दुवै समूहले आयोगका पदाधिकारीसँग छलफल पनि गरेका थिए ।

    दुवै पक्षका कांग्रेसी कार्यकर्ताको भीड बढेपछि आयोग परिसरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ