• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ओलीको प्रश्न – दुनियाँको हिनामिना भएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?

    882
    SHARES



    काठमाडौं । नेकपा एमालेका अध्यक्ष महान्यायाधिवक्ता कार्यालयले रास्वपा सभापति रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले थिति र विधिको शासन देशमा नभएको बताए । हिजो मात्रै महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्धका गम्भीर मुद्दाहरू फिर्ता लिने निर्णय गरेको थियो ।

    ‘अहिले थिति र विधिको शासन होइन । जसको लाठ्ठि त्यसको भैंसी जस्तो शासन नेपालमा पनि स्थापना भएको छ । त्यसैगरी चलेको छ,’ ओलीले भने, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको छ । लज्जाको विषय भएको छ । यस्तो पनि हुन्छ ?’

    यसअघि डिम्ब कारोबारमा मुछिएकी महान्यायाधिवक्ता सविता भण्डारी बरालबारे केही काण्ड बिर्सिन खोजे पनि एकपछि काण्ड आएको आरोप लगाए ।

    ‘यसो बिर्सियौं भन्यो, डिम्बका कारोबार बिर्सियौं भन्यो फेरि अर्को काण्ड । अर्को काण्ड बिर्सिऔं भन्यो फेरि अर्को काण्ड,’ ओलीले थप प्रश्न गर्दै भने, ‘अहिले अभियोग परिवर्तनका काण्ड, मुद्दा फिर्ताको काण्ड । दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्यायाधिवक्ता कार्यालयले तिर्छ ?’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ