काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ बिहीबार भने घटेको छ।
उक्त दिन सुन प्रतितोला दुई लाख ७८ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रूपैयाँ पुगेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा पाँच हजार ६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार चार सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया