• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    सुनको मूल्य फेरि बढ्यो, अब तोलाकै २ लाख साढे ७६ हजार

    307
    SHARES



    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि बढेको छ । सुनको मूल्य तोलामै २ लाख ७६ हजार रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो । सो मूल्य पनि सोमबारसम्मकै रेकर्ड मूल्य भएकामा मंगलबार थप बढेर २ लाख ७६ हजार ५०० रुपैयाँ पुग्दा छापावाल सुन अब १० ग्रामकै २ लाख ३७ हजार ५५ रुपैयाँ कायम भएको छ ।

    यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । मंगलबार चाँदी तोलामा ५ हजार ३४० रुपैयाँ पुगेको हो। यसअघि सोमबार चाँदी ५ हजार १९५ रुपैयाँ कायम भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ