• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    विशेष महाधिवेशन पक्षले भन्यो- समापनसम्म सभापति हलमा नआए हामी अघि बढ्छौं

    863
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले सभापति शेरबहादुर देउवा भोलिसम्म हलमा आउने दाबी गरेका छन्।

    सोमबारको बन्द सत्र सकिएपछि आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षका नेता मनोजमणि आचार्यले भोलि विशेष महाधिवेशनको समापनसम्म पार्टी नेतृत्व आउने दाबी गरेका हुन्।

    ‘महाधिवेशनको समापनसम्म कांग्रेस नेतृत्व आउँछ, आउनुपर्छ। शेरबहादुर दाइ आउनुहुन्छ। पूर्णबहादुर दाइ आउनुपर्छ, आउनुहुन्छ,’ उनले भने, ‘ यसको अपनत्व लिनुपर्छ। लिइदिनुस् भनेर अहिले पनि भनिरहेका छौं।’

    भोलिसम्म नआएको खण्डमा नियमित महाधिवेशनले गर्ने काम विशेष महाधिवेशनले गर्ने उनले बताए।

    ‘हामी अझै पनि कोशिस गरिरहेका छौं। भोलिसम्म भने हामी विश्वस्त छौं । आउनुभएन भने नियमित महाधिवेशनले गर्ने काम विशेष महाधिवेशनले गर्छ। निर्वाचनको प्रक्रिया गरेर अगाडि बढ्छौं,’ उनले ‍भने।

    उनले अहिले दुई महामन्त्रीले पेस गरेको प्रस्तावमा ९ वटा समूह बनाएर छलफल जारी रहेको र भोलि ९ बजे टोली लिडरले टेबुल गर्ने बताए।विशेष महाधिवेशन पक्षका अर्का नेता सुवास पोखरेलले सभापति र महामन्त्री चाँडै संवाद गर्न र हलमा आएर निष्कर्ष सुनाउन आग्रह गरे।

    ‘तपाईंहरुले एउटा निष्कर्ष लिएर छिट्टै आउनुस्। त्यसपछि हललाई तपाईंहरू सुनाउनुस्। हामी विचार गर्छौं,’ उनले भने, ‘यो सबै पार्टीकै कुरा हो। कांग्रेस बनाउने कुरा हो मुलुक बनाउने कुरा हो। यसलाई सच्याउने हो। सुधार्ने हो। प्रक्रियागत वैधानिक रूपमा सच्याउने खोजिरहेका छौं। जबरजस्ती गर्दैनौं।’

    उनले नेताहरूले आफ्नो भूमिका निभाए सदस्यहरूले पनि आफ्नो भूमिकामा काम गर्ने बताए। नेताहरुले आफ्नो भूमिकामा काम गर्नुस् हामी सदस्यले हाम्रो भूमिकामा काम गरिरहेका छौं।

    यसमा दुइटा मात्रै सर्त रहेको उनले बताए। ‘नीति र नेतृत्व परिवर्तन र महाधिवेशन प्रतिनिधिको स्वाधीनता स्वीकार्ने कुरालाई आत्मसात गर्ने अवस्था बन्नुपर्छ,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ