• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कांग्रेस विशेष महाधिवेशन : २ घण्टा ढिलो गरी १० बजेदेखिमात्र हुने भयो बन्दसत्र

    1.3K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखिमात्र हुने भएको छ ।

    यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्द सत्र हुन लागेको हो ।

    व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार प्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरु हुनेछ भने १० बजेदेखि बन्द सत्र चालु हुनेछ ।

    यता कति महाधिवेशन प्रतिनिधिले आइतबार बेलुकीसम्म दर्ता गरे भन्ने यकिन भएको छैन । दुई हजार दुई सय भन्दा बढीले दर्ता गरेको भनिए पनि फाइलहरू रुजु गर्नुपर्ने भएकाले सोमबारमात्र यकिन विवरण आउने छ ।

    दर्ताको फाइल उद्घाटन सत्र सकिएसँगै बन्द गरी रात्रिको खानाको क्रम चलेकाले आइतबारका लागि दर्ता बन्द भएको हो । यति नै भनेर यकिन नभए पनि थुप्रैको संख्यामा प्रतिनिधिले आइतबारको उद्घाटनका कारण दर्ता नगरेको पाइएकाले सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने भएको हो ।

    बन्दसत्र अघिमात्र महाधिवेशन प्रतिनिधिको यकिन सहभागिता सङ्ख्या आउनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ