• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नवयुवाको ज्यान लिनभन्दा संसद् भवन तोडिन दिनुपर्थ्यो : विश्वप्रकाश शर्मा

    1K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा २३ भदौमा नवयुवाहरूको मृत्यु भएको घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

    विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘जेनजी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्के बढेका भाइबैनी हुन् । २३ गते केवल संसद् भवन तोडिन दिएको भए के फरक पर्थ्यो होला र?’ उनले भने, ‘कम्तीमा त्यतिका ज्यान जाने थिएन होला । भोलिपल्टको त्यो विध्वंश हुँदैनथ्यो होला ।’ उनले भदौ २३ गते सरकारबाट बल अत्यधिक प्रयोग भएको विषय प्रतिवेदनमा लेखेर जाने पनि बताए।

    ‘जेन-जीप्रति नकरात्मक बन्न जरुरी छैन। जेनजी अन्तरिक्षबाट आएका थिएनन्। भदौ २३ मा इतिहासमै ठूलो भूल भएकै हो। त्यो रात र कयौँ रात हामी निदाउन सकेनौँ,’ उनले भने, ‘आज पनि आफैंलाई प्रश्न गर्ने गर्छू। केबल २३ गते संसद भवन तोडिन दिएको भए के फरक पर्थ्यो होला। संसद भवन जोगाउने नाममा त्यतिको जीवनहरू समाप्त नभएको भए सम्भवत भीडको म्यानेज गर्ने क्षमता सही ढंगले प्रस्तुत गरेको भए भोलिपल्टको घटना नहुन सक्थ्यो होला।’

    ‘२३ गतेको घटनाको गम्भीर अनुसन्धान गरेर त्यो बल प्रयोग अत्यधिक भएको हो र त्यसबाट भएको असर र जीवनको सन्दर्भको छानबिन गरेर जानेकुरामा कांग्रेसको विशेष महाधिवेशन डकुमेन्टका साथ प्रस्ट हुन्छ। हामीले यो पनि स्मरण गर्नुपर्छ। जल्दै गरेको सिंहदरबार कुनै प्रधानमन्त्री विशेषको थिएन। सिंहदरबार पाकाको पनि जेजनीको पनि थियो। जो-जो सामेल भए। जेनजीहरू त्यहाँसम्म भएको जिम्मेवारी लिनुपर्छ। जहाँसम्म सहभागिता थियो। घुसपैठका साथ भएर तोडिएका जलाइएका समग्र ठाउँको जिम्मा लिने हो भने त्यही रूपको मनोविज्ञान हो भने त्यही रूपमा र फरक हो भने सहभागिता नभएको ठाउँको दोष लिनुहुन्न,’ उनले भने।

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा प्रत्येक नागरिकको असन्तुष्टिको केस्राकेस्रा केलाउने बताएका छन्।आइतबार नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बोल्दै उनले सबै नेपाली नागरिकको असन्तुष्टिलाई केलाएर छलफल गर्ने बताएका हुन्।

    ‘आदरणीय आमाबुबा, दिदीबहिनी दाजुभाइहरू कसैले लाइभ हेर्दै हुनुहुन्छ, कसैले युट्युबमा हेर्दै हुनुहुन्छ भने तपाईंका प्रत्येकको असन्तुष्टिलाई केस्राकेस्रालाई बुँदाबुँदालाई हामी कांग्रेसको महाधिवेशनमा छलफल गर्नेछौं, पहिचान गर्नेछौं,’ उनले भने, ‘कांग्रेस फागुन २१ गते रूख चिन्हमा मतदान गर्नुअघि आदरणीय आमाबुबा दिदीबहिनी दाजुभाइहरू तपाईंहरूको असन्तुष्टिलाई, प्रत्येकको गुनासोलाई, टिपोट गरेर पहिचान गरेर नदोहोर्‍याएर संकल्प गर्नका लागि पनि विशेष महाधिवेशन गरेर जाँदैछौं।’

    उनले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार परिवर्तन भएपनि जनता सन्तुष्ट नभएको पनि बताए। ‘३४ वर्षमा ३० वटा सरकार बनाउँदा सन्तुष्टि प्रधानमन्त्री बन्नेहरूलाई मिल्यो होला। नागरिकलाई मिलेन। प्रशासनिक कार्यालयमा सेवा लिन गएका कुनै सेवाग्राही यो कोठाबाट त्यो कोठा, त्यो कोठाबाट यो कोठा। त्यसपछि भोलिभोलि भन्दा सिडिओ साबलाई सञ्चो मिल्यो होला, सेवाग्राहीलाई लागेन। गृहमन्त्रीलाई लाग्यो होला सेवाग्राहीलाई लागेन। खेतीको बेलामा मल कुरिरहेको कुनै किसान कृषिमन्त्रीको अनुहार सम्झेर खेतमा खेती हुँदैन भनेर मान्न तयार हुँदैन। यस्ता कयौं कुरा असन्तुष्टिहरू छन् जुन हामी बन्दसत्रको प्रतिवेदनमा डिटेलमा पेस गर्छौं,’ उनले भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ