माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्दै एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर व्यापारीसम्म पुर्याएको छ । विभिन्न नेटवर्कमा आबद्ध क्युआर मर्चेन्टहरुलाई लक्षित गर्दै क्युआर मर्चेन्ट एमबीएल स्मार्ट लोन सेवाको सुरुवात गरेको बैंकले जनाएको छ ।
डिजिटल बैंकिङ्गको क्षेत्रमा नवीनतम प्रविधि सञ्चालन गरी आफ्ना ग्राहकहरूलाई छिटो छरितो र प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले क्युआर मर्चेन्टहरुको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा सञ्चालनमा ल्याएको बैंकको भनाइ छ ।
यस सेवामार्फत स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई बिना धितो सहज र सरल तरिकाले एबीएल एम स्मार्ट बचत एपमार्फत नै कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज र पारदर्शी हुने बैंकले विश्वास लिएको छ । स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिबद्ध माछापुच्छ्र्रे बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म फैलिएको सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ ।
बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ्ग सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टर सहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ । साथै १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया