काठमाडौं । नेपालले भेनेजुएला–अमेरिका तनावका बारेमा नरम शब्दमा आफ्नो स्पष्ट धारणा राखेको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो लगायतलाई गत शनिबार राजधानी काराकासबाट पक्राउ गरेको पाँच दिनपछि नेपालले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा नेपालले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूलाई पूर्ण सम्मान गर्ने भनेको छ । त्यस्तै नेपालले विवादलाई संवाद, कूटनीति र आपसी समझदारी मार्फत् शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्नेमा जोड दिएको छ ।
भेनेजुएला प्रकरणमा विश्व दुई ध्रुवमा विभाजित भइरहेका बेला नेपालले आफ्नो ‘कित्ता क्लिर’ गरेको हो । अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै नेपालले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।
साथै थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो । नेपालले विवादहरू संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्नेमा जोड दिएको छ।
अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका शहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पतीलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि दुई देशबीच तनाव बढेको छ । विभिन्न मुलुकले यस घटनालाई लिएर चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।
नेपालको परराष्ट्र मन्त्रालयले पनि बुधबार विज्ञप्ति जारी गरेर यस घटनाप्रति आधिकारिक धारणा सार्वजनिक गरेको हो । विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्र अनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालले जोड दिएको छ ।
प्रतिक्रिया