काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बोलाइएको कार्यसम्पादन डेढ घण्टा बढी ढिलो गरी सुरु भएको हो ।
विशेष महाधिवेशन र नियमित महाधिवेशन के गर्ने भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा कार्यसम्पादन समिति बैठक सुरु भएको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधवार मात्रै पुस २७ र २८ गते आह्वान भएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका थिए ।
२ हजार ४८८ महाधिवेशन प्रतिनिधिले बुधवार नै विशेष महाधिवेशन आह्वान गरेका थिए । तर, केन्द्रीय कार्यालयले भने त्यो आह्वान अवैधानिक भन्दै उपस्थित नहुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरिसकेको छ । यही विवादको समाधान खोज्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।
महामन्त्री शर्माले बिरामी परेको भन्दै केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन् । अर्का महामन्त्री थापा भने बैठकमा उपस्थित छन् ।
प्रतिक्रिया