• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    लप्सेफेदी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

    1K
    SHARES



    काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।

    बिहीबार बिहान गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी घर भएका ६० वर्षीय अर्जुन लामिछानेलाई अस्पतालले मृत घोषणा गरेको हो । उनको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचार हुँदै थियो ।

    यसअघि मृत्यु भएको ४ जनाको सनाखत भएको छ । बुधवार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना भएको थियो ।

    मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–५ घर भएर बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भएर बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भएर पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ता र पाँचथर घर भएर गोठाटार बस्ने ६५ वर्षीय देबेन्द्र लिम्बु छन् ।

    उनीहरूको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ