• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कारागारमा रहेका टोपबहादुर सहित पाँच जना एमाले उम्मेदवार सिफारिस

    811
    SHARES



    काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले अर्घाखाँचीले पाँच जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको छ।

    एमाले जिल्ला कमिटीको बैठकले नक्कली भुटानी शरणार्थी काण्डमा पुर्पक्षका लागि जेल चलान भएका एमाले पूर्वसचिव टोपबहादुर रायमाझी सहित पाँच जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको हो।

    मंगलबार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कमिटीको बैठकले रायमाझी सहित जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, बमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम उम्मेदवारको लागि सिफारिस गरेको हो।

    रायमाझी पूर्व-प्रतिनिधिसभा सदस्य हुन् भने बमबहादुर पूर्वकेन्द्रीय सदस्य तथा भोजबहादुर पूर्वकेन्द्रीय विभागका सदस्य हुन्।

    एमाले जिल्ला कार्यालय सचिव लिला बहादुर विकले बैठकले उम्मेदवारका लागि केन्द्रमा नाम सिफारिस गर्नुका साथै निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल गरेको बताए।

    दुई महिनापछि हुने निर्वाचनका लागि जिल्ला कमिटीबाट उम्मेदवार सिफारिस गरिए पनि पूर्वकेन्द्रीय सचिव रायमाझी पौने तीन वर्षदेखि कारागारमा रहेका छन्।

    नक्कली भुटानी शरणार्थी काण्डमा २०८० वैशाख ३१ गते पक्राउ परेका रायमाझी सोही वर्ष असार १ गते पुर्पक्षका लागि थुनामा पठाइएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ